साँघुरो बाटोमा ट्रक ड्राइभरसँग भनाभन, गाडी पछि सर्दै भीरबाट खस्यो

डिसी नेपाल
१४ कार्तिक २०७८ ४:५९
2.7k
Shares

काठमाडौं । डडेल्धुराको घण्टेश्वरमा महाकाली यातायातको ६१९२ नम्बरको यात्रुवाहक बस सडकबाट सय मिटर तल खसी दुर्घटनाग्रस्त भएको छ। भीरबाट आज मध्यराति २ बजे खसेको गाडीमा यात्रुहरु खचाखच थिए।

समाचारअनुसार, भीरबाट सय मिटर तल बल्ड्याङ्ग खाए पनि यात्रुहरु सकुसल छन्। महाकाली यातायातको सो गाडी दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको थियो।

जानकारीअनुसार, साघुरो बाटोमा विपरीत दिशाबाट आएको ट्रकका चालकसँग भनाभन हुँदा न्यूट्रलमा रहेको सो बस सोही अवस्थामा गाडी पछाडि सर्दै तल खसेको बताइएको छ।

गाडी तल खसेपछि सो बाटोबाट यात्रा गरिरहेका अन्य सवारी साधनका यात्रुहरुले पहिलो चरणको उद्धार गरेका थिए । दुर्घटनास्थलमा पुगेका अर्को गाडीमा यात्रारत एक यात्रु सागर सिवाकोटीले दिएको जानकारीअनुसार, दुर्घटनामा केही यात्रुहरु घाइते भएका छन्।

यीमध्ये एक बृद्धा गम्भीर घाइते भएकी छिन्। घाइतेहरुलाई अरु गाडीका यात्रुहरुले उद्धार गरेर स्वास्थ्य चौकीसम्म लगेका थिए। मध्यराति २ बजेको यो घटनामा प्रहरी भने ३ बजेतिर घटनास्थलमा आइपुगेको थियो । घटनाको विस्तृत विवरण आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.