सुन्धारा कारागारबाट फरार दुई कैदी पक्राउ
काठमाडौं । सुन्धारा कारागारबाट फरार दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–१ का ४६ वर्षीय श्यामलाल डंगोल र नुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका–२४ बस्ने ३० वर्षीय विनोद केसी भन्ने विनोद गौतम रहेका छन्।
काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा लुकीछिपी बसेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो।
जेनजी आन्दोलनको क्रममा मानव बेचबिखन र अपहरण शरीर बन्धक डाँका र संगठित अपराध मुद्दामा कैद भुक्तान गरिरहेका उनीहरू जेनजी आन्दोलनको मौका छोपेर फरार भएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment