जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

डिसी नेपाल
१७ कार्तिक २०७८ ७:१८

जाजरकोट। नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे।

नलगाड-८ का विनोद परियार घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए। ट्याक्टर नम्बर खुलेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *