नेपाल संवत्लाई मौलिक संवतका रूपमा प्रवद्र्धन गर्नुपर्छः अध्यक्ष बिजुक्छे
काठमाडाैं ।मुलुकको मौलिक संवत्का रूपमा नेपाल संवत्लाई प्रवद्र्धन गर्नुपर्ने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिछुक्छेले बताएका छन्।
नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा आज चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको नेपाल संवत्को भित्तेपात्रो विमोचन कार्यक्रममा उनले यस संवत्लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न सकेमा देशको गौरव बढ्ने विश्वास व्यक्त गरे । अध्यक्ष बिजुक्छेले सबै जाति, समुदायका वेषभूषा तथा संस्कृतिले मुलुकमा समाजिक सद्भाव र एकता कायम राख्न सहयोग पु¥याउने उल्लेख गरे ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राष्ट्रिय संवत्का रूपमा स्थापित नेपाल संवत्का विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिए । पुस्तकालयका अध्यक्ष सुनिल महर्जनले चन्द्रागिरि तथा त्यस आसपास क्षेत्रका स्थानीयवासीलाई विभिन्न सूचना तथा ज्ञान अभिवृद्धि गराउन पुस्तकालयको भूमिका रहेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment