सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न

डिसी नेपाल
१९ कार्तिक २०७८ १८:१२

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अबिधेशन सम्पन्न गरेको छ । सम्पन्न अबिधेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु गठन गरेको छ । पार्टी केन्द्रको नीति तथा कार्यक्रम अनुसार जिल्लाका सात वटै पालिका र ७७ वटै वडा अधिवेशन सम्पन्न गरिएको हो ।

देश संघीय संरचनामा गएपछि नेकपा (एमाले), जाजरकोटले पहिलो पटक नगर तथा गाउँ अधिवेशन सम्पन्न गरेको हो । सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको नेकपा (एमाले) जाजरकोटले जनाएको छ ।नेकपा (एमाले), जाजरकोटले दिएको जानकारी अनुसार हालै सम्पन्न अबिधेशनहरुले भेरी नगर कमिटि अध्यक्षमा गौरी बहादुर कार्की, नलगाड नगर कमिटी अध्यक्षमा जनक बहादुर शाही र छेडागाड नगर कमिटी अध्यक्ष गणेश बहादुर थापालाई सर्वसहमत चयन गरेका छन् ।

त्यसैगरी जुनीचाँदे गाउँ कमिटी अध्यक्षमा कृष्णबहादुर शाह, बारेकोट गाउँ कमिटि अध्यक्ष भक्त बहादुर बस्नेत, शिवालय गाउँ कमिटी अध्यक्ष रंगनाथ योगि, कुशे गाउँ कमिटि अध्यक्ष जयबहादुर विकलाई सर्वसहमत चयन गरिएको छ ।जिल्लाका सात वटा स्थानीय तह र ७७ वटा वडामा अधिवेशन सम्पन्न गर्नुको साथै पालिका र वडा स्तरमा नयाँ नेतृत्व चयन गरेको नेकपा (एमाले) जाजरकोटले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *