राप्रपाले गर्यो ३५ जिल्लाको अधिवेशन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३५ जिल्लाहरुको अधिवेशन सम्पन्न गरेको छ।कार्यतालिका अनुसार,आगामी मंसिर ११ गते देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तय भएको छ।सो,कार्यतालिका अनुसार,राप्रपाले धमाधम जिल्ला अधिवेशन सम्पन्न गर्दै आएको छ।तेह्रथुम, सङ्खुवासभालगायत केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद छ।
पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले विवाद समाधान गरेको थियो। पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ।केन्द्रीय सदस्य सुन्दर पाण्डेका अनुसार,कात्तिक २३ गतेभित्र सबै जिल्लाको अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment