प्रधानमन्त्री देउवाले एयरपोर्टमै हप्काएका थिए गृहमन्त्री खाँडलाई
काठमाडौं। बेलायतबाट फर्कँदा फर्किँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिन्जेलसम्म कार्यवाहक प्रधानमन्त्री भनेर प्रचार गरिएका गृहमन्त्री बालकृष्ण खाँडलाई झपारेको पाइएको छ।
कात्तिक १८ गते विहान प्रधानमन्त्री देउवाले विमानबाट उत्रनासाथ आफूलाई स्वागत गर्न पुगेका गृहमन्त्री बालकृष्ण खाँडमाथि कार्यवाहक प्रधानमन्त्री भन्दै दशतिर किन घुमेको? कस्ले घुम्नु भन्यो? त्यो डडेल्घुरा किन गएको? भन्दै भेट्नासाथ आक्रोश पोखेका थिए।
बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री देउवासँग सल्लाह नगरी कार्यवाहक प्रधानमन्त्री भन्दै भनाउँदै गृहमन्त्री बालकृष्ण खाँड देउवा नभएको मौकामा देश दौडाहामा निस्किएका थिए। काठमाडौंको पशुपतिनाथमा पूजा अर्चनादेखि डडेल्घुरा, पोखरा, लुम्बिनीलगायतका ठाउँहरुमा पार्टीस्तरीय कार्यक्रमहरु गर्दै खाँडले देउवाको अनुपस्थितिका दिनहरु विताएका थिए।
पदमा अर्को व्यक्ति वहाल रहेकै अवस्थामा कुनै दोस्रो व्यक्तिलाई कार्यवाहक प्रधानमन्त्री भन्न वा लेख्न पाइने संबैधानिक व्यबस्था नभएकोमा गृहमन्त्री खाँडले अफूलाई देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री भन्दै प्रचार गराएका थिए। यो कुराले देउवाको चित्त नबुझेको स्रोतको दावी छ।
प्रधानमन्त्री देउवाले विमानबाट उत्रनासाथ आफूलाई स्वागत गर्न पुगेका गृहमन्त्री बालकृष्ण खाँडमाथि कार्यवाहक प्रधानमन्त्री भन्दै दशतिर किन घुमेको? कस्ले घुम्नु भन्यो? त्यो डडेल्घुरा किन गएको? भन्दै भेट्नासाथ आक्रोश पोखेका थिए।
त्यसमाथि पनि नेपाली कांग्रेसको महाधिवेशनको सम्मुखमा राज्यको स्रोत साधन र संयन्त्रको दुरुपयोग गर्दै देश दौडाहामा निस्केर आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको अर्थमा पनि खाडको गतिविधिलाई देउवाले बुझेका थिए। खाँड आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने प्रयासमा छन् र देउवानिकटका अरु नेताहरु पनि सोही पदका आकांक्षी छन्।
आफ्नो समूहभित्र तालमेल मिलाउन नसकिरहेको अवस्थामा खाँडले आफूलाई जानकारी नै नदिई जिल्ला जिल्ला दौडाहामा गएकोमा देउवाले एयरपार्टमै असन्तुष्टि पोखेका हुन्।
त्यसो त खाँडले प्रधानमन्त्रीको हैसियतले लुम्बिनीमा राष्ट्रपति सहभागी भएको कार्यक्रममा समेत सहभागिता जनाएको र त्यहाँ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई अपमानित गरेको कुराको रिपोर्ट पनि लण्डनमा हुँदै देउवालाई गरिएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १४ गते लुम्बिनीमा एउटा बहुमूल्य बुद्धको मूर्ति अनावरण गरेकी थिइन्। स्पेनको लुम्बिनी गार्डेन फाउण्डेन नामक संस्थाले म्यान्मारमा बनाएको ह्वाइट जेड नामक अति महंगो पत्थरबाट निर्माण गर्न लगाई लुम्बिनीमा स्थापना गरेको सो बुद्ध मूर्ति अनावरण कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन।
स्पेनका सभामुखसहितका केही सांसदहरुसमेत सहभागी भएको सो कार्यक्रममा प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँड अचानक लुम्बिनी पुगेका थिए। त्यसपछि प्रोटोकल मिलाउन आयोजकहरुलाई मुस्किल परेको थियो।
राष्ट्रपतिलाई आसन ग्रहण गराइसकेपछि कार्यवाहक प्रधानमन्त्री भन्दै खाँडलाई आसन ग्रहण गर्न दवाव दिइएको थियो जव कि प्रोटोकलमा मन्त्रीभन्दा माथि रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई मन्चमा आसन ग्रहण गराउने कार्यक्रम तय भइसकेको थियो। तर, आयोजक अलमल परेर कार्यवाहक प्रधानमन्त्री भन्दै खांडलाई पहिला मन्चमा आसन ग्रहण गराए।
यसले अध्यक्ष तिमिल्सिनाको प्रोटोकल मिचियो र तिमिल्सिनासहित एमालेको समूहले अपमानसमेत महसुस गरेको बताइएको छ। यो कुरा पनि देउवालाई लण्डनमै सुनाइएको थियो। यी विविध कारण मिसिएकाले प्रधानमन्त्री देउवा वेलायतबाट उड्नुअघि नै खांडसंग असन्तुष्ट थिए । त्यही असन्तुष्टि विमानास्थलमा ओर्लनासाथ पोखिएको थियो।
Facebook Comment