बन्दकर्ताको सडकमा रचनात्मक कार्य

डिसी नेपाल
३० कार्तिक २०७८ १२:३४
376
Shares

दाङ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मंगलबार गरेको बन्दको क्रममा दाङमा नेकपाका कार्यकर्ताहरूले फरक र नयाँ शैली अपनाएका छन्।

सडकका देखिएका बन्दकर्ताहरू सडक सरसफाइ र ट्राफिक चिन्नहरूको व्यवस्थापनमा लागेका छन् । बन्दकर्ताहरूले आफैँ कुचो समाएर सडक सभा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन । राजनीतिक कार्यकर्ताहरू अराजक मात्र हुन्छन भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताए ।

‘सबै साथीहरूले नयाँ र रचनात्मक काम गरौँ भनेर प्रयास गरेका हौँ’, उनले भने, ‘मूल्य वृद्धिको विरोधमा बन्द भए पनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ ।’ बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालीन हुने विश्वास आफूहरूले लिएको उनले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.