आगामी निर्वाचनमा देशलाई सहिदिशा दिन प्रतिनिधि चयन गर्न सञ्चारमन्त्रीको आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सहिदिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरेका छन्।
शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री खरेलले गलत व्यक्तिलाई चयन गरेर पाँच बर्ष रुनुभन्दा देशलाई सहिदिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरेका छन्। देशले परिवर्तन मागेको अवस्थामा युवाहरूबाटै नेतृत्व खोज्नुपर्ने उनले बताए।
मन्त्री खरेलले जुनसुकै पार्टीको भएपनि राम्रा व्यक्तिलाई चयन गर्न समयमा नै विवेक पुराउनुपर्नेमा जोड दिए। उनले छाटो समयमा लागि गठन भएको वर्तमान सरकारको म्याण्डेड चूनाव भएपनि सुशासन र भ्रष्टाचार अन्त्यका लागि समेत गम्भीर भएर काम गरिरहेको धारणा राखे।
उनले तीन महिनाको अवधिमा ३० भन्दा बढि ठूला मुद्दा अदालत पुगेको र ८ भन्दा बढि पूर्वमन्त्रीहरू अनुसन्धानको दायरामा आएको बताए।
खरेलले भ्रष्टाचारको अनुसन्धानका वर्तमान सरकारले कुनै दवाव नदिने स्पष्ट पारे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment