आफूहरूले उठाएका मुद्दा निरन्तर उठाउने ईश्वर पोखरेल पक्षीय भेलाको निर्णय

डिसी नेपाल
५ पुष २०८२ १६:२९
96
Shares

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ।

शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगायतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको एमाले उपसहासचिव योगेश भट्टराईले जानकारी दिए।

पार्टीका बिभिन्न तहमा आफ्ना विचारहरूलाई छलफलमा लैजाने उनले बताए। उनले पार्टीको मतपरिणामका कारण बिचलित नहुन नेताहरूलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको धारणा राखे।

प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दूरुपयोग भएको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोप्रति चिन्ता व्यक्त गरिएको बताए।

भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए। त्यस्तै उनले पार्टीभित्र कुनै अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *