कांग्रेस अधिवेशनका लागि तेह्रथुममा धमाधम उम्मेदवारी, ७३३ क्षेत्रीय प्रतिनिधि

डिसी नेपाल
२ मंसिर २०७८ ७:५५
28
Shares

तेह्रथुम। नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा तेह्रथुममा जिल्ला र प्रदेशसभा अधिवेशनका लागि धमाधम उमेरदवारी घोषणा हुन थालेकाे छ। ६ मंसिरमा हुन जिल्ला अधिवेशनका लागि सभापतिमा अर्जुन तुम्बाहाम्फे र कमल ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन्।

३ मंसिरमा हुने निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा नारायण सुब्बा र कमल बानियाँले उम्देवारी दिएका छन्। प्रदेशसभा (ख) मा भुवानसिंह चोङबाङ र चन्द्र मादेम्बा चुनाव लड्दैछन्।

प्रदेशसभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १ सय ७६, लालिगुराँस नगरपालिकाबाट १ सय ५१ र छथर गाउँपालिकाबाट ९७ गरी ४ सय २४ जना क्षेत्रीय प्रतिनिधि छन्। प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट १ सय १८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १ सय ६ गरी ३ सय ९ जना क्षेत्रीय प्रतिनिधि छन्।

प्रदेशसभा र जिल्ला अधिवेशनमा ७ सय ३३ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ। प्रतिनिधिले निर्वाचन प्रदेश (क) र (ख) मा नेतृत्वमा चयन गर्दै जिल्ला कार्यसमिति चयन गर्ने निर्वाचन अधिकृत लक्ष्मण रन्जितले बताए।

प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत तेह्रथुमको (क) र (ख) बाट सभापति १,उपसभापति २,सचिव २,खुल्ला महिला ३,खुला पुरुष ७ सदस्य छन्। समानुपातिकतर्फबाट खस महिला १, जनजाति महिला १, खस आर्य खुला १,आदिवासी खुला २,दलित १,मधेसी,अल्पसंख्यक तथा मुस्लिमबाट १ आपाङग १ गरी २५ सदस्य कार्यसमिति नयाँ हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.