अदालतबाट दंगा प्रहरी हटाउन र मानवअधिकार आयोगलाई अनुगमन गर्न बारको आग्रह

डिसी नेपाल
२ मंसिर २०७८ १६:१५
48
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाउन माग गरेको छ । बारले बिहीबार पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालत परिसरमा रहेका एसएलआर हतियारसहित प्रहरी हटाउन माग गरेको हो ।

साथै बिहीबार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवसायी घाइते हुने गरी भएको घटनाको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई बारले आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा आफूहरूको निसर्त माग रहेको बारको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.