कांग्रेस प्रदेश सभा अधिवेशन आज : सभापतिका लागि पाँच हजार शुल्क

डिसी नेपाल
३ मंसिर २०७८ ६:२६
80
Shares

काठमाडौं। आज शुक्रबारदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेदवारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने भएको छ। केही जिल्लाबाहेक मुलुकभरका ३३० वटा प्रदेश सभापति उम्मेदवारका लागि ५ हजार शुल्क तोकेको हो।

‘आजवाट प्रदेश सभा अधिवेसन सुरू भएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सर्लाहीलगायत केही जिल्लामा विवाद देखापरे पनि नेतृत्वले ३३० वटै प्रदेश सभा अधिवेशन गर्ने योजना बनाएको छ।’

उनका अनुसार सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई र १६ प्रदेशस्तरीय कार्यसमितिका लागि उम्मेदवारी दिनेछन्। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५०० र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेदवारी दर्ता गराउन पाउने छन्।

करिब २७ सदस्सीय कार्यसमिति रहने प्रदेश सभा स्तरका समितिका लागि कोषाध्यक्ष भने निर्वाचित सभापतिले मनोनित गर्नेछन्। १६ जना निर्वाचित कार्यसमिति सदस्य चयन हुने प्रदेश सभाको पूर्णता भने नवनिर्वाचित सभापतिले कुुल संख्याको २० प्रतिशत अर्थात कम्तिमा चार सदस्यलाई मनोनीत गर्ने अधिकार दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.