सुर्खेतमा कांग्रेसको नौ स्थानीय तहमा चुनिए नयाँ नेतृत्व, सबै देउवा पक्षका

डिसी नेपाल
३ मंसिर २०७८ १०:५५
76
Shares

सुर्खेत। पार्टी सदस्यता विवादका कारण निर्धारित समयभन्दा पछि भएको नेपाली कांग्रेसले सुर्खेतको स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएका छन् ।

स्थानीय तहमा पार्टी नेतृत्व चयनका लागि कुनै ठाउँमा निर्वाचन र कुनै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेसका सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटा जानकारी दिए ।

उनका अनुसार गुर्भाकोट नगरपालिकामा हस्तबहादुर पुन, लेकबेँसी नगरपालिकामा उमेश पौडेल, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा, भेरीगंगा नगरपालिकामा रामबहादुर सिंह, बराहताल गाउँपालिकामा भीमबहादुर भण्डारी र सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत सभापति पदमा निर्वाचित भएका छन् ।

त्यस्तै वीरेन्द्रनगरमा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा र चौकुने गाउँपालिकाको कार्यसमिति सभापति पदमा नरबहादुर बान्तोला चुनिएका छन् । गुर्भाकोट र लेकबेँसी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको हो ।

स्थानीय तहको नेतृत्वमा सुर्खेका नौवटै पालिकामा सभापति शेरबहादुर देउवा पक्षको नेतृत्वमा आएको छ । सुर्खेतमा प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आज नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.