पूर्वमाओवादी नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान हुन्छ : नेम्वाङ

डिसी नेपाल
४ मंसिर २०७८ ९:४१
132
Shares

काठमाडाैं। नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन् । एमालेकाे १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ।

एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले पूर्वमाओवादी नेताहरुलाई प्रतिस्पर्धाबाट आउन अफ्ठेराे हुने अवस्था भएकाले सहमतिका आधारमा सम्मानजनक स्थान दिइने बताएका हुन् ।

‘हामी उहाँहरुलाई माओवादी नेता त भन्दैनाैँ एकीकृत कम्युनिस्ट पार्टीका नेता नै भन्छाैँ। तर, पनि बाेलिचालीकाे भाषामा पूर्वमाओवादी भनिने भएकाले महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा उहाँहरुलाई त्यति सहज नहुन सक्छ। त्यसैले उहाँहरुलाई नेतृत्वमा ल्याउन साेच्नुपर्छ,’ नेम्वाङले भने, ‘त्यसैले सहमतिका आधारमा उहाँहरुलाई नेतृत्वमा स्थापित गरिन्छ ।’

उनका अनुसार त्यसबारे नेतृत्व तहमा छलफल र गृहकार्य भइरहेकाे छ। तत्कालीन नेकपा विभाजन भइ एमाले र माओवादी केन्द्र ब्यूतिँदा नेताहरु रामबहादुर थापा बादल, टाेपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमालेतिर लागेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.