कांग्रेस अधिवेशनः रिजर्भ बसमा क्षेत्रीय प्रतिनिधि सरर

डिसी नेपाल
४ मंसिर २०७८ २२:१५

खोटाङ ।नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि गाडी रिजर्भ गरेर दिक्तेल भित्रिन थालेका छन् । ६ मंसिरमा हुने जिल्ला अधिवेशनका लागि विभिन्न पालिकाका क्षेत्रीय प्रतिनिधि जिप तथा बस रिजर्भ गर्दै दिक्तेल आउन थालेका हुन् ।

बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सयौं क्षेत्रीय प्रतिनिधि शनिबार साँझ ६ वटा रिजर्भ बसमा कांग्रेसको झण्डा फहराउँदै दिक्तेल भित्रिएका छन् । क्षेत्रीय कार्य समिति (प्रदेश ख) को अधिवेशनका लागि खोटेहाङ गाउँपालिकाको सिमपानीमा भेला भएका बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका क्षेत्रीय प्रतिनिधि घर नफर्की सिधै जिल्ला अधिवेशनका लागि दिक्तेल पुगेका हुन् ।

क्षेत्रीय प्रतिनिधि बोक्न सिमपानी–दिक्तेलका लागि प्रतिवटा ३५ हजारमा बस रिजर्भ गरिएको कांग्रेस बराहपोखरी गाउँपालिकाका सभापति खिलाराज राई (दीपक)ले बताए ।क्षेत्रीय प्रतिनिधि बोक्नका लागि बराहपोखरीबाट सिमपानीसम्म पुग्न प्रतिवटा १५ हजारमा दुई वटा जिप रिजर्भ गरिएको थियो । जन्तेढुंगाबाट प्रतिवटा १५ हजारमा पाँच वटा जिप रिजर्भ गरेर सिमपानी पुगेका क्षेत्रीय प्रतिनिधिलाई दुई वटा बस रिजर्भ गरेर दिक्तेल पुर्‍याइएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

बाइकबाट यात्रा गर्ने क्षेत्रीय प्रतिनिधि बाहेक अधिकांशलाई दिक्तेल लैजान गाडी रिजर्भ गरिएको जनाइएको छ । क्षेत्रीय प्रतिनिधिबाट पर्सनल खर्च उठाएरै गाडी रिजर्भ गरिएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जरा बताउँछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *