भारत, बेलायत र अमेरिकाका प्रस्तावित राजदूतको सुनुवाइ सर्‍यो

डिसी नेपाल
५ मंसिर २०७८ १३:५८
12
Shares

काठमाडौं । भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सरेको छ । संसदीय सुनुवाइ विशेष समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि आज(आइतबार) विहान ११ बजे बैठक बोलाएको थियो ।

तर, सांसदहरू अनुपस्थित भएर कोरम नपुग्दा राजदूतहरूको संसदीय सुनुवाइ प्रभावित भएको हो । बहुमत सांसद अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठक स्थगित गरेर सुनुवाइ १७ मंसिरलाई सारिएको उनले बताए । १५ सदस्यीय समितिमा चार जना मन्त्री हुँदा ११ जना बाँकी छन् । ११ मध्ये बहुमत पुग्न ६ जना आवश्यक रहेकोमा ५ जनामात्रै उपस्थित भएका थिए ।

एमालेबाट सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीबाट अमृता थापा, देव गुरुङ र लोसपाबाट सभापति कर्ण उपस्थित थिए । अन्य सदस्यहरु पार्टीको महाधिवेशन चलिरहेकाले आउन नसकेको बताइएको छ ।

सरकारले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई नेपाली राजदूतमा सिफारिस गरेको छ । प्रस्तावित राजदूतहरु सुनुवाइका लागि तयारी गरेर बैठकमा आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.