बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

डिसी नेपाल
५ मंसिर २०७८ २१:५६
112
Shares

बैतडी । बैतडी जिल्ला सदरमुकाम गोठलापानीस्थित कलुवाडमोडमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राति भिरमा जिप अड्किएकाले घटनाको यकिन विवरण अझै आउन सकेको छैन ।

कलुवाड मोडको माथिको सडकबाट खसेको जिप तल्लो सडकसमेत पार गरेर सल्लाको रुखमा अड्किएको थियो । जिपमा ७ जना सवार रहेको प्रारम्भिक जानकारी आए पनि अझै यकिन हुन सकेको छैन ।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.