पाँच घण्टा ढिलो गरी एमालेको बन्द सत्र सुरू

डिसी नेपाल
११ मंसिर २०७८ १५:१८

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो। बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।

केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् ।

बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन् भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना शन्देस पढेर सुनाइने कार्यक्रम छ । बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *