व्यवसायी शंकरलाल अग्रवाल सीआईबीद्वारा पक्राउ

डिसी नेपाल
६ साउन २०८३ १७:३२

काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेको हो।

अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ। अदालतमा हाजिर नभएपछि उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपशमशेर राणाले जानकारी दिएका छन्। यसअघि पनि पक्राउ परेका उनी हाजिरी जमानीमा छुटेका थिए।

शंकर ग्रुपमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ। अग्रवाल परिवारका सदस्य एवं उनका छोरा शुलभ अग्रवाल तथा उनीहरूसँग जोडिएका व्यवसायी दीपक भट्ट यसअघि नै पुर्पक्षका लागि थुनामा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *