सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

डिसी नेपाल
११ मंसिर २०७८ १५:३७

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् । ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।

अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन् । नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएका ओलीले यसपटक सहयोग गर्न आग्रह गरेका हुन् ।

आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन् ।

एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो। बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।

बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन् भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना शन्देस पढेर सुनाइने कार्यक्रम छ । बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *