कांग्रेस रुपन्देहीको सभापतिमा खाँण सर्वसम्मत

डिसी नेपाल
११ मंसिर २०७८ १९:१३

काठमाडौं।नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मतरूपमा चयन भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनअन्तर्गत उनी सभापतिमा सर्वसम्मत छानिएका हुन् ।

सभापतिमा चयन भएका खाँण यसअघि जिल्ला सचिव थिए । जिल्ला कार्यसमितिको उपसभापतिमा डा अनिता ढुङ्गाना शाह र थानेश्वर घिमिरे निर्विरोध चयन भएका छन् । उपसभापतिमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि दुवै जना निर्विरोध छानिएका हुन् ।

यसैगरी सचिवमा हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा वासुदेव रिमाल र विष्णु थापा सर्वसम्मत चया भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । सचिवमा उम्मेदवारी दिएका हरिप्रसाद न्यौपाने र सहसचिवमा उम्मेदवारी दिएका बालकृष्ण पौडेलले उम्मेदवारी फिर्ता लिएपछि दुवै पदमा सर्वसम्मती भएको हो । जिल्ला सदस्य पनि सर्वसम्मत चयन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *