निर्वाचन हुँदैमा पार्टी विभाजन हुन्छ भन्ने छैन: भीम रावल

डिसी नेपाल
११ मंसिर २०७८ २०:५७

चितवन । नेकपा एमालेका नेता भीम रावलले महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गर्दै रावलले पार्टी महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका हुन् ।

‘सहमति गर्नुपर्छ भन्ने ठिक छ । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति होला । उम्मेदवारी दिएन भने त सर्वसम्मत भइहाल्यो नी,’ उनले भने, ‘विधान विपरित कुनै काम हुन सक्दैन । कि त अब उपरान्त निर्वाचन हुनेछैन भनेर लेख्नुपर्‍यो ।’

निर्वाचन हुँदैमा पार्टी विभाजन हुन्छ भन्नु गलत रहेको रावलले बताए । समन्वय कमिटी बाहेक सबैमा निर्वाचन हुने विधानमा व्यवस्था रहेकाले पार्टी विधान अनुसार चल्नुपर्ने उनले बताए ।

उनले आफूले कुनै पनि हालतमा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उनले आफू बाहेक अन्य नेताहरूले पनि विभिन्न पदमा उम्मेदवारी दिने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *