धैर्य क्यान्सर फाउन्डेसनले ल्यायो जीवन बचाउने रक्तदान एप
काठमाडौं। धैर्य क्यान्सर फाउण्डेसनले जीवन उपयोगी प्राविधिक रक्तदान एप प्रयोगमा ल्याउने भएको छ। यो एपको प्रयोग गरेर रगत आवश्यक भएका बिरामीहरुले आफूलाई आवश्यक परेको रगत प्राप्त गर्न सहज हुनेछ । यो एपमार्फत बिरामीले रक्तदाताहरुको ठूलो समूहसम्म आफूलाई आवश्यक परेको रगतबारे सूचना पुर्याउन सक्नेछन् ।
रगत चिकित्सा आपतकालमा आवश्यक पर्ने सबैभन्दा ठूलो तत्व मध्ये एक तत्व भएकाले बिरामीको लागि महत्वपूर्ण र आधारभूत आवश्यकता हुने फउण्डेसनले जनाएको छ । पछिल्लो समय हरेक क्षेत्रमा प्रविधिको अत्याधिक प्रयोग भइरहेको अवस्थामा रक्तदानका लागि पनि प्रविधिको प्रयोग गरेर सहज बनाउन प्रयास गरिएको फाउण्डेसनले जनाएको छ ।
धैर्य क्यान्सर फाउन्डेसनले रक्तदाता भेला गर्न मोबाइल एप बनाएको हो । यो एपमार्फत ठूलो संख्यामा रक्तदाताहरु जोडिएका हुन्छन् । रगत चाहिने बिरामीले यो एपमार्फत आफूलाई चाहिएको रगतबारे सूचना प्रवाह गरेपछि त्यो सूचना रक्तदाताकहाँ पुग्छ र दाताले ािरमीका लागि रगत दिन वा व्यवस्थापन गरिदिन सक्छन् ।
फाउण्डेसनकी संस्थापक टेरिसा तामाङका अनुसार, रक्त बैंकहरू प्रशस्त उपलब्ध भएपनि तिनीहरूसँग पर्याप्त रक्तदाताहरू नभएकाले आवश्यकता पूरा गर्न ठूलो समस्याको सामना गर्नुपरेको छ। उक्त एप मार्फत रगत चाहिने बिरामीलाई रक्तदान गरेर सहयोग गर्न एपमार्फत जोडिएका रगत दाताहरू कुनैपनि बेला अस्पताल पुगेर सहयोग गर्न सक्नेछन् ।







डिसी नेपाल








Facebook Comment