सर्लाहीको बरहथवामा दुई बच्चासहित आमा मृत फेला
सांकेतिक तस्वीर
काठमाडौं।सर्लाहीको बरहथवामा दुई सन्तानसहित एक महिला मृत फेला परेकी छन् ।बरहथवा नगरपालिका १, स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५,२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार मृत फेला परेका हुन् ।
महिला घरमै झुन्डिएको अवस्था र बालबालिका भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुडाथोकीले जानकारी दिए ।
बिहान सवेरै स्थानीयले झुन्डिएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्याएको छ । श्रीमान् शिव केही वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका स्थानीयले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
एकै परिवारका तीन जना मृत फेला परेपछि नयाँ बजार क्षेत्र यतिवेला शोकमा डुबेको छ । पोष्टमार्टक रिपोर्टपछि मात्र घटनाका विषयमा भन्न सकिने प्रहरीको भनाइ छ ।







डिसी नेपाल








Facebook Comment