महिलालाई रोजगारी दिन ‘इम्ब्रोइडरी थाङ्का’ तालिम सुरु
काठमाडौं । एक हजार नेपाली महिलालाई रोजगारी दिने उद्देश्यले ‘इम्ब्रोइडरी थाङ्का’ तालिमको सुरूवात भएको छ । नेपाल विश्वकर्मा आर्टस् एण्ड क्राफ्ट्स प्रालि, बौद्धले बुधबारदेखि उक्त तालिमको सुरूवात गरेको हो ।
कपडामा विभिन्न रंगका धागोले इम्ब्रोइडरी गरी बनाइने थाङ्का तालिमको उद्घाटनका लागि चीनका प्रशिक्षकहरू भर्चुअल माध्यमबाट जोडिएका थिए । सो प्रालिमार्फत चीनका प्रशिक्षकहरुले नेपाली महिला तथा किशोरीलाई तालिम दिएर उत्पादन भएका सामग्री बजारीकरणका लागि चीनियाँ नागरिक ढोमा घ्यापले सहकार्य गर्ने नेपाल विश्वकर्मा आर्ट्सका व्यवस्थापक दावा लामाले बताए ।
उनका अनुसार हातले कपडामा बुट्टा भर्ने यस तालिममा सहभागीलाई ६ महिनासम्म प्रशिक्षण दिइने छ । व्यवस्थापक लामाले भने, ‘काम सिकेपछि कार्यालयमा आएर काम गर्न चाहनेका लागि रोजगारी दिने सकिने र कार्यालय आउन नचाहनेले घरमै बसेर बुनेर दिन सक्छन्, त्यसको उचित मूल्य दिइने छ ।’
थाङ्का बनाउन कच्चा पदार्थ पनि कम्पनीले नै व्यवस्था गर्ने व्यवस्थापक लामाले बताए । कोभिड–१९ सुरू हुनुभन्दा अगाडि नै तालिम दिने तयारी गरिएकोमा महामारीका कारण रोकिएकोले बुधबार तालिमको उद्घाटन गरिएको प्रालिले जनाएको छ ।
राष्ट्रिय विभूति अरनिको र हरिततारा भृकुटीकालदेखि नै स्थापित नेपाल चीन सम्बन्धलाई जनस्तरबाटै व्यापक बनाउँदै लाने उदेश्यका साथ सो अभियान थालिएको हो । नेपालमै प्रार्दुभाव भई लोपोन्मुख स्थितिमा रहेको ईम्ब्रोईडरी थान्कालाई चीनमा संरक्षण र पुर्नजागरणपछि नेपाल र नेपाली जनता माझ पुनःस्थापित गर्न पहिलो चरणमा तालिम दिने र त्यसबाट उत्कृष्टलाई रोजगारी दिइने तय भएको छ ।
क्राफ्टका सम्पर्क अधिकृत दावा लामाले भने, ‘तालिमका आवश्यक कच्चा पदार्थ, ठाउँ र प्रशिक्षक समेत ईम्ब्रोईडरी थान्का चाईनाले उपलब्ध गराउने छ ।’
विशेषगरी बेरोजगार महिलाको उत्थान र लोपोन्मुख ईन्ब्रोईडरी थान्का प्रविधिको प्रवद्र्धनका लागि नेपाली विद्यार्थीहरुबाट उत्पादित थान्कालाई कोरोनाका कारण भएको लकडाउन अगाडि पोखरा, ललितपुरको पाटन दरबार, भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा प्रर्दशन गरिएको फोटो संयोजक विनोद कार्कीले बताए ।
तालिम प्राप्तपछि घरमै बसेर थान्का बनाउन सकिने छ भने ईम्व्रोईडरी थान्का एक लाख ५० हजार देखि ५० लाख रुपैययाँसम्म बिक्री हुने भएकाले घरायसी महिलाको लागि ठुलो अवसर भएको बताइएको थियो ।
चाईनिज राष्ट्रपति सिजिन पिङको नेपाल भ्रमण हुँदा भएको प्रतिवद्धता मध्येको यो तालिम पनि एक भएको स्पष्ट पार्दै तालिम लिन आवत जावतमा समस्या भए खाने बस्ने समेतको प्रबन्ध अभियानले गर्ने समेत कार्यक्रममा बताइएको थियो ।
३२ र २४ ईन्चको सबैभन्दा सानो थान्का ३० हजार रुपैयाँमा तत्काल बेच्न सकेको स्पष्ट पार्दै यस अभियानमार्फत बार्षिक १ अर्बसम्मको नेपाली थान्का चाईनाको बजारमा पुर्याउने लक्ष्य राखिएको छ ।







डिसी नेपाल








Facebook Comment