रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा जाने
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखक भाद्र २३ र २४ गतेको घटनाका सम्बन्धमा बयान दिन जाँचबुझ आयोगमा जाने भएका छन्।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू बयानका लागि सोमबार जाँचबुझ आयोगमा जाने बताएका हुन्।
‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ। मैले पुस १४ गते सोमबार आयोगमा जाने निर्णय गरेको छु,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment