पुरानो नेतृत्वबाट पार्टी प्रजापरिषद बन्ने खतरा भयाे

डिसी नेपाल
१७ मंसिर २०७८ १२:२२
436
Shares

अहिले नयाँ नेतृत्वको चयनका लागि राप्रपाको एकता महाधिवेशन चलिरहेको छ। हामी नयाँ नेतृत्व चयनका लागि अन्तिम चरणमा पुगेका छौं। आज उम्मेद्वारको मनोनय हुँदैछ भने भोलि शनिबार नेतृत्व चयनका लागि मतदान हुने कार्यतालिका छ। संभवतः भोलि बेलुकासम्म परिणाम पनि आइसक्छ।

यतिबेला राप्रपाभित्र महाधिवेशन प्रतिनिधि र कार्यताको मनोविज्ञान बुझ्दा र चाहनालाई ख्याल गर्दा नयाँ पुस्तामा नेतृत्व जानुपर्छ भन्ने नै छ। विगतदेखि नेतृत्व गर्दै आउनु भएका कमल थापा असल र राम्रो मान्छे भएपछि उहाँले पार्टीको नेतृत्व गर्ने क्रममा संकट उत्पन्न भयो।

उहाँले फेरि पनि पार्टीको नेतृत्व गर्ने हो भने पार्टी विखण्डन हुने र प्रजापरिषद त हुने होइन भन्ने डर छ। गत निर्वाचनमा पार्टीले राष्ट्रिय पार्टीको मान्यता पनि नआउने अवस्था रह्यो। त्यसैले फेरि पुरानै नेतृत्व दोहोरियो भने पार्टीको अस्तित्व संकटमा पर्ने होकि भन्ने कार्यकर्तामा चिन्ता देखिन्छ।

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा नयाँ नेतृत्वले केही गर्छ भन्ने आशा कार्यकर्तामा जाग्छ र पार्टी नयाँ ढंगबाट अगाडि बढ्ने अवस्थामा पुग्छ। विगतमा राप्रपासँग विमति राख्ने विभिन्न समूहको ऐकेवद्धता पनि नयाँ नेतृत्व आएपनि हुन सक्ने अवस्था आउँछ।

राप्रपाले विशिष्ट किसिमका मुद्दा उठान गरेको छ। संवैधानिक राजतन्त्र, हिन्दु राज्य र स्थायीन स्वयत्तताका लागि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आम कार्यकर्ता, महाधिवेशन प्रतिनिधि र शुभेच्छुकहरुको मत रहेको छ।

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा नयाँ नेतृत्वले केही गर्छ भन्ने आशा कार्यकर्तामा जाग्छ र पार्टी नयाँ ढंगबाट अगाडि बढ्ने अवस्थामा पुग्छ। विगतमा राप्रपासँग विमति राख्ने विभिन्न समूहको ऐकेवद्धता पनि नयाँ नेतृत्व आएपनि हुन सक्ने अवस्था आउँछ।

त्यसकारण अहिलेको माहोल त्यसतर्फ उन्मुख भएको हामीले पाएका छौं। महाधिवेशनका क्रममा अस्वस्थ, उदण्डता प्रदर्शन गर्ने व्यवहार कसैबाट पनि नहोस भन्नेतर्फ हामी सचेत छौं। लामो समयसम्म नेतृत्वमा कसेका केही मानिसलाई फेरि पुरानै नेतृत्व दोहोरियोस भन्ने लाग्नु स्वभाविक नै हो। तर पुरानो नेतृत्वमा पार्टी फस्टाउन नसकेको कुरालाई सबैले स्वीकार गर्नुपर्छ।

कतिपयले नयाँ पुस्ताको उम्मेद्वारलाई दरबारको समर्थन छ भन्ने पनि चर्चामा आइरहेका छन्। राप्रपाको एजेण्डा हिन्दु राज्य र संवैधानिक राजतन्त्र भएको हुनाले मानिसले यस्तो हल्ला चलाएका हुन्। हामीले बुझेको र चलाएको पार्टीमा राजालाई पार्टीको आन्तरिक प्रतिस्पर्धामा ल्याएर मुछ्ने काम हुँदैन। राजा तीन करोड नेपालीका साझा भएकाले सधैं राजनीतिक दल भन्दा माथि हुनुपर्छ।

राप्रपा नेता गिरीसँग गरिएकाे कुराकानीमा आधारित

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.