कमल थापाको बिरह- ”पोहोर साल खुशी फाट्दा,जतन गरि मनले टालेँ….”
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता अधिवेशनमा राजेन्द्र लिङदेनसंग अध्यक्षमा पराजित भएका कमल थापा भावुक बनेका छन्।
उनले आफ्नो फाटेको मन कसरी सिलाउने भनेर आफै माथी प्रश्न गरेका छन्।सामाजिक संजालमा भावनात्मक टिप्पणी गर्दै थापाले कवि राजेन्द्र थापाको कविता स्मरण गरेका छन्।
मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो
“पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो?”— Kamal Thapa (@KTnepal) December 5, 2021
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment