कांग्रेस प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै
विराटनगर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतगणना भइरहेको छ । सभापतिमा संस्थापन इतरका गुरुराज घिमिरेले अग्रता लिएका छन् ।
आठ सय मत गणना हुँदा घिमिरे ४०८ मतसहित अगाडि छन् । संस्थापन पक्षका उद्धव थापाले ३६२ मत प्राप्त गरेका छन् ।
यस्तै उपसभापतिमा गोविन्दप्रसाद ढुंगाना (केदार) ३४८, टंक प्रसाद राई ३७३ रमेशजंग रायमाझी ३८९, विश्वनाथ रिजाल ९त्रिलोचन० ३२४ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै महामन्त्रीमा उमेश थापा ३८५, दीपन कुमार श्रेष्ठ ३५८, पदम सुन्दर पालुङ्गवा ३६१, भुपेन्द्र राई ३५७ र महिला सहमहामन्त्री प्रमीला कुमारी गछदार ३६७, सीता कार्की ३७७ तथा पुरुष सहमहामन्त्रीमा खड्ग फागो ४६० रोहित कुमार साह ३०४, बिनोद कुमार बस्नेत ३४७, विरकाजी राई ३०६ शुभचन्द्र राई ३६ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।







डिसी नेपाल







Facebook Comment