एमबीबीएस पढाइकाे उद्घाटन गर्न आगामी आइतबार जुम्ला आउँदै राष्ट्रपति भण्डारी

डिसी नेपाल
२० मंसिर २०७८ ७:०९
208
Shares

जुम्ला। राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला आउने भएकी छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेकाे एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला आउन लागेकी हुन्।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ । एमबीबीएस र प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेकाे उनले बताए।

प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेकाे छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.