जनउत्थान सामुदायिक लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिँदै, कर तिर्न नगद पनि

डिसी नेपाल
२० मंसिर २०७८ १२:४३

काठमाडाैं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश दिने भएको छ।

संस्थाको मङ्सिर १९ गते बसेको १७७ औं संं‌‍चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ बाट सेयरधनीहरुलाई २६.३१५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

संस्थाले प्रस्ताव गरेको लाभांश मध्ये २५ प्रतिशत बोनस सेयर दिन लागेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न १.३१५७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *