एचआइडिसिएलको वार्षिक साधारण सभा पुस २२ गते बस्दै

डिसी नेपाल
२० मंसिर २०७८ १३:२९

काठमाडाैं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभपलमेन्ट कम्पनी लिमिटेड ९एचआइडिसिएल० को १०औं साधारण सभा पुस २२ गते बस्ने भएको छ । कम्पनीको आज ९सोमबार० बसेको सञ्चालक समितिको बैठकले पुस २२ गते साधारण सभा बस्ने निर्णय गरेको हो। उक्त सभा काठमाडौंको हात्तीसारस्थित कम्पनीको कार्यालयबाट भर्चुअल रूपमा बिहान ९ बजे बस्ने भएको छ ।

कम्पनीको उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४१ प्रतिशत नगद गरी कुल ८।४१ प्रतिशत लाभांश पारित गर्ने जनाइएको छ।साधारण सभाको लागि कम्पनीले पुस ५ गते एक दिन बुकक्लोज गर्ने निर्णय पनि बैठकले गरेको छ। यसकारण पुस ४ सम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *