कामना सेवा विकास बैंकले ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्री गर्दै

डिसी नेपाल
२० मंसिर २०७८ १३:५४

काठमाडाैं। कामना सेवा विकास बैंकले ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका २ जना सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक सेयरधनी श्री राम पाण्डेको नाममा रहेको २६ हजार ८९४ कित्ता र रुपेश थापाको नाममा रहेको ४ हजार ८३५ कित्ता सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । उक्त सेयर किनबेच मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *