३२ दशमलव २२ अंकले बढ्यो सेयर बजार

डिसी नेपाल
२० मंसिर २०७८ १५:५०

काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ३२ दशमलव २२ अंकले बढेको छ । आइतबारको तुलनमा नेप्से ३२ दशमलव २२ अंकले बढेर २५४६ दशमलव ०८ बिन्दुमा पुगेको हो।

नेप्सेमा आज २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सोमबार (आज) सबै उपसुचकमा हरियाली छाएको छ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले र एक्सेल डेभलपमेन्ट बैंक ९।५५ प्रतिशतले बढेको छ। जनउत्थान सामुदायिक लघुवित्त तथा न्याग्दी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै क्रमशः ६।८८ र साढे ४।७१ प्रतिशत गुमाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *