कांग्रेस नेता आङदेम्बेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

डिसी नेपाल
२० मंसिर २०७८ २१:४३
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पत्रकार सम्मेलन गरी महाधिवेशनमा आदिवासी÷जनजाति क्लष्टरको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरअन्तर्गत आठजना सहमहामन्त्री रहने व्यवस्था छ । नेता आङ्देम्बेले पार्टीलाई वैचारिकरूपमा स्पष्ट, साङ्गठनिकरूपमा गतिशील र भावनात्मकरूपमा एकताबद्ध तथा अनुशासित र प्रशिक्षित कार्यकर्ताको ऊर्जाशील अभियानका रूपमा विकास गर्न आफूले उम्मेदवारी दिने बताए ।

साथै उनले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आवश्यक रहेकामा जोड दिए । उनले तीनै तहका आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन समस्त लोकतन्त्रवादीलाई एकताबद्ध पार्न राष्ट्रियरूपमा लोकतान्त्रिक पुनःजागरण अभियान सञ्चालन गर्नेलगायत विभिन्न १३ एजेन्डा अघि सारेका छन् । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.