सुन र चाँदीको मूल्यमा गिरावट

डिसी नेपाल
२१ मंसिर २०७८ ११:३१

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार १ सय ९० रुपैयाँले कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

मंगलबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसै, प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २० रुपैयाँ निर्धारण गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *