गणपति लघुवित्तको पाँचौ वार्षिक साधारण सभा पौष १७ गते हुँदै

डिसी नेपाल
२१ मंसिर २०७८ ११:५४

काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा पौष १७ गते हुने भएको छ  । उक्त साधारण सभा ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी -४, दुलेगाैँडा, तनहुँमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष ७ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष ६ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छन्  ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *