मनकामना स्मार्ट लघुवित्तद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकले गर्यो स्वीकृत

डिसी नेपाल
२१ मंसिर २०७८ १३:२१

काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको लाभांश वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार बोनस शेयर वितरण प्रस्ताव गरेकोमा राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *