३७.१८ अंकले घट्यो नेप्से परिसूचक, व्यापार र  म्युचुअल फण्डबाहेक सबै राताम्मे

डिसी नेपाल
२१ मंसिर २०७८ १५:१९

काठमाडौँ।  साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३७.१८ अंकले घटेर २५०८.९०  बिन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

मंगलबार व्यापार समूह र  म्युचुअल फण्ड समूह दुवै  ०.८२ प्रतिशतले बढेको छ भने बाँकी सबै परिसुचक घटेको छ । सबैभन्दा बढि फाइनान्स समूह ३.८६ प्रतिशतले घटेको छ ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *