३१५ जना नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ३८६ जनामा पीसीआर परीक्षण गरिएकोमा २७२ जनामा र २ हजार ४२४ जनामा एन्टीजेन परीक्षण गर्दा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ६ हजार ३५२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment