संस्थापन इतरबाट साझा उम्मेदार छान्न युवा नेताको दवाब : चाक्सिबारीमा बैठक बस्दै

डिसी नेपाल
२२ मंसिर २०७८ १३:५४
40
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट साझा उम्मेदार चयन गर्न बुधवार ‘अनुपम फुटल्याण्ड’ बत्तिसपुतलीमा बोलाइएको बैठकबाट पनि उम्मेदारी चयन हुन सकेन।

उक्त भेलाले जसरी पनि साझा उम्मेदार चयन गर्न नेतृत्वलाई दबाव दिएको नेता बद्री पाण्डेले बताए। करिब तीन घण्टा बसेको भेलाले साझा सभापतिको उम्मेदारी बनाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ।

‘हाम्रो यो भेलाले व्यक्ति विशेष भन्दापनि सक्षम र कार्यकर्ताको भावना अनुरुपको उम्मेदारी बनाउने विषयमा राय संकलन भएको छ। सोही राय अनुसार दिउँसो ३ बजे नेता प्रकाशमान सिंह निवास चाक्सिबारीमा बस्ने भेलाले उम्मेदारी चयन गर्छौँ,’ पाण्डेले भने।बत्तिसपुतलीको भेलामा इतर समूहका केन्द्रीय सदस्य जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरुको राय लिने काम भएको थियो।

भेलामा सभापतिको आकांक्षी शशांक कोइराला,प्रकाशमान सिंह,शेखर कोइराला अनुपस्थिती रहेका थिए। रामचन्द्र पौडेल भने बैठक चलिरहँँदाबीच मै निस्केका थिए।बैठकमा उपस्थित केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार पनि बर्तमान सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने भएकाले उनको विकल्पमा जसरी पनि साझा उम्मेदारी चयन गर्नुको विकल्प नरहेको बताए।

‘सभापतिको ईतिहाँस गर्विलो भएपनि उहाँबाट कांग्रेसको भविष्य राम्रो छैन।’ भण्डारीले भने, ‘उहाँको नेतृत्वमा कांग्रेस प्रतीको आकर्षण नै घट्दो छ। त्यसकारण वर्तमान सभापतिको विकल्प जसरी पनि खोज्नु आवश्यक भएकाले आज नै साझा उम्मेदारी चयन गर्छौँ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.