सगरमाथा जलविद्युत कम्पनीले डाक्यो वार्षिक साधारणसभा, आईपीओ जारी गर्ने मुख्य एजेन्डा

डिसी नेपाल
२३ मंसिर २०७८ १२:१०

काठमाडौँ। सगरमाथा जलविद्युत कम्पनीको प्रथम वार्षिक साधारणसभा पुस १४ गते बोलाएको छ। उक्त साधारण सभा काठमाडौँको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुने भएको छ।

उक्त सभामा आईपीओ निष्कासनको मुख्य एजेन्डा पेश गर्ने भएको छ।  सभाले आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूस्वीकृति लिने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भएबमोजिम आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेश गरिने छ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि अनुमोदन गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *