राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

डिसी नेपाल
२३ मंसिर २०७८ १२:१८

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण  शाखाहरुबाट भुक्तानी हुनेछ। विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पठाएको पैसा इसेवामार्फत लिन सकिने विज्ञप्तिमा उल्लेख छ।

इसेवा उपभोग गर्न बैंकका खाताग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबीबी स्मार्ट डाउनलोड गर्नु पर्ने हुन्छ। विज्ञप्तिका अनुसार त्यसपछि मुलुकभरी तथा संसारका २०० बढी मुलुकमा कारोबार विस्तार गरेको ईसेवा र राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *