लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
२३ मंसिर २०७८ १२:४०

काठमाडौं । लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजन तथा लाभांश प्रयोजनका लागि मंसिर २४ गते (शुक्रबार) बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

बैंकले प्रस्तावित लाभांश पारित गर्न पुस ८ गते २१ औ वार्षिक साधारणसभा बोलाएको छ । बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन कमलपोखरीमा हुने हुनेभएको छ ।

सभाले सञ्चालक समितिबाट यस अगाडी प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांश गरि कुल ११. ५ प्रतिशत लाभांश प्रस्ताव पेश गर्नेभएको छ । साथै, गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ ।

सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था सँग मर्जरमा जाने आवस्यक प्रकृयाँ आवश्यक प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पेश गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *