लुम्बिनी विकास बैंकले डाक्यो पुस ९ गते वार्षिक साधारण सभा, के-के छन् एजेण्डा ?

डिसी नेपाल
२३ मंसिर २०७८ १४:११

काठमाडौं। लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा पुस ९ गते  हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ ।

सभामा बैंकले  गत आर्थिक वर्षको नाफाबाट १३% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ । बैंकले लाभांश पारित गर्न र सभा प्रयोजनको लागि  २७ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *