५.८४ अंकले घट्यो नेप्से, परिसूचक २४४९.९७ विन्दुमा

डिसी नेपाल
२३ मंसिर २०७८ १५:४३

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ५.८४ अङ्कले घटेर दुई हजार ४४९.९७ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.४३ अङ्कले बढेर ४६५.२३ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बिहिबार सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ। यस कम्पनीको ८ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यसपछि क्रमश : अपि पावर कम्पनी र नबिल बैंकको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ बाट को मात्रै शेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी रहेको १० वटा उपसमूहमा ओरालो लागेको छ । होटल तथा पर्यटन ०.६४, अन्य ०.२२ र म्युचुअल फण्ड ०.०६ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ ०.१४, व्यापार ०.७६, विकास बैंक ०.५, जलविद्युत् ०.६१, वित्त ०.७५, निर्जीवन बीमा ०.५५, उत्पादन ०.४४,  लघुवित्त ०.५३, जीवन बीमा ०.२६ र लगानी ०.१ अङ्कले ओरालो लागेको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *