तीन कम्पनीको सेयर मूल्य समायोजन, कुन कम्पनीको कति ?

डिसी नेपाल
२४ मंसिर २०७८ ८:५७

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । सेयर मूल्य समायोजन हुनेमा लक्ष्मी बैंक, समता घरेलु लघुवित्त र नारायणी डेभलपमेन्ट बैंक रहेको छ । लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ भने नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो ।

लक्ष्मी बैंकको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। समायोजन भएसँगै बैंकको सेयर मूल्य २७० रुपैयाँ ३७ पैसा कायम भएको छ।  यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता २९० रुपैयाँमा भएको थियो। त्यस्तै, समता घरेलु लघुवित्तको बोनस सेयर समायोजन पछिको भाउ ११२५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २०% बोनस सेयर समायोजन गरेको हो ।

यता, नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद सेयरपछिको भाउ नेप्सेले ४७८ रुपैयाँ निर्धारण गरको छ । यहि मूल्यलाई आधार मानेर आइतबार यी तीन वटै कम्पनीको सेयर कारोबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *