प्रभु बैंकको वार्षिक साधारण सभा पुस १८ गते, यस्ता छन् प्रस्तावहरु

डिसी नेपाल
२४ मंसिर २०७८ ९:५५

काठमाडौं। प्रभु बैंकको वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा बैंकले  गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेन तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल पनि हुनेछ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।

बैंकले सभा प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र बैंकले प्रस्तावित बोनस सेयर पाउन र सभामा भाग लिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *