एनएमबि लघुवित्तको नवौँ वार्षिक साधारण सभा पुस २६ गते, बुक क्लोज कहिले ?

डिसी नेपाल
२४ मंसिर २०७८ १०:२७

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाको नवौँ वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । बैंकको उक्त सभा होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुने भएको छ ।

सभामा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २१.५० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।  साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ ।

लघुवित्तले सभा प्रयोजनार्थ पुस ९ गतेदेखि पुस २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ८ गतेसम्म कायम शेयधनीहरुले मात्र लाभांश पाउने र  साधारण सभामा भाग लिन पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *